कोरोना : नेपालमा गएको २४ घण्टामा ६ सय ३८ संक्रमित थपिए, चारको मृत्यु

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ६ सय ३८ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप ६ सय ३८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ७ हजार २०१ रहेको छ ।

Add
advertise

त्यस्तै मंगलबार १७१ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १६ हजार ६६४ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ८३ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । मंगलबार थप ४ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।