रुकुम, मकवानपुर, बाजुरा, पाल्पा,कैलाली, कञ्चनपुरमा विभिन्न ६ जना मंगलबार मृत अवस्थामा फेला

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । मकवानपुर, भिमफेदी गाउँपालिका-८ दोभानस्थित माण्डु हाईड्रोपावरको पानी जम्मा गर्ने हेरोस बकेटमा बागमती खोलाले बगाई ल्याएको अवस्थामा हाल नाम, थर, वतन नखुलेका पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

बाजुरा, त्रिवेणी नगरपालिका-८ कालापानीस्थित बुढीगंगा नदीको किनारामा हाल नाम, थर,वतन नखुलेकी अन्दाजी ३ वर्षीया बालिकाको शव मंगलबार फेला परेको छ ।

Add
advertise

रुकुम (पश्चिम),त्रिवेणी गाउँपालिका-५ बस्ने ५५ वर्षीय प्रेम बहादुर घर्तीमगर सोही गाउँपालिका-५ सिम्रुत देखि जिवाङ जाने भित्री सडकमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

पाल्पा,तिनाउ गाउँपालिका-३ झुम्सास्थित सामुदायिक भवनको प्रतिक्षालयमा सोही ठाउँ बस्ने २५ वर्षीय ईन्द्र बहादुर लम्तरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, भजनी नगरपालिका-७ चर्रा बस्ने ३६ वर्षीय अशोक पासी सोही ठाउँस्थित गणेशमान आधारभूत विद्यालयको नजिकै डुबान भएको स्थानमा माछा मार्न लगाएको पासोमा अल्झिएको अवस्थामा मृत फेला परेका छन् । सोमबार बेलुकी घरबाट बाहिर गएका उनी मंगलबार बिहान मृत फेला परेका हुन् ।

कन्चनपुर, बेलौरी नगरपालिका-४ बजार बस्ने ३८ वर्षीय जोगीराम चौधरी घरदेखिकरिब ५ सय मिटर टाढा खाडलमा जमेको पानीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।(नेपाल प्रहरी )