बरिस्ठ पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

everest kitchen


काठमाडौ । तीन दिनदेखि बेपत्ता कान्तिपुर दैनिकका सह-सम्पादक समेत रहेका बरिस्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा उनको शव फेला परेको सेतोपाटीलाई जानकारी दिए। बानियाँ सोमबारदेखि बेपत्ता थिए।

Add
advertise

बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको बताएको छ। ‘उनी तीन दिनदेखि परिवार साथीभाइ र कार्यालयमा सम्पर्कमा नरहेको भन्दै कान्तिपुर दैनिकले र परिवारले प्रहरीमा उजुरी दिएकाे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार सोमबार उनी बल्खुमा देखिएका थिए । एकजना प्रहरीले उनीसँग केहीबेर सोधपुछ गरेका थिए । बल्खुको पुलमुनी हिलोमा खुट्टा अडकिएपछि त्यता नजान स्थानीय भनेको बताएको छ ।

तनहुँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए।