कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

everest kitchen
साङ्केतिक फाेटाे

पाल्पा । निस्दि गाउँपालिका-७ आधामारा बस्ने ४२ वर्षीय रिकमान डिसुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Ads
Add
advertise

ती किशोरले रिकमानलाई साउन १० गते भलिबल खेल्ने क्रममा कुटपिट गर्दा घाइते भई स्थानीय स्वास्थ्य ईकाई क्षेत्रीखर्कमा उपचार पश्चात घर लगिएकोमा मंगलबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रुक्सेभञ्जाङ र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न किशोरलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।