कोरोना : नेपालमा गएको २४ घण्टामा ५ सय २५ संक्रमित थपिए, ४ जनाको मृत्यु

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ५ सय २५ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बिहीबार थप ५ सय २५ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ८ हजार २५ रहेको छ ।

Advertise
Add
advertise

त्यस्तै बिहिवार १०९ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १६ हजार ८३७ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ९५ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । बिहीबार थप ४ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।