प्रेसरकुकुर बम पड्काईदिन्छु भन्दै धाकधम्की दिएको अभियोगमा पक्राउ

फाइल तस्बिर

सिन्धुली । प्रेसरकुकुर बम पड्काईदिन्छु भन्दै धाकधम्की दिएको अभियोगमा हरिहरपुरगढी गाउँपालिका-७ श्रीदमार बस्ने २९ वर्षीय रोशन भन्ने भरत अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

Advertise
Add
advertise

सोही ठाउँ बस्ने खर्कमाया आलेको घरमा प्रेसरकुकर बम पड्काईदिन्छु भनि धाकधम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो ।