युएनओपीएस द्वारा नेपाल प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

everest kitchen


काठमाडौं । संयुक्त राष्ट्रसंघीय परियोजना (युएनओपीएस) ले नेपाल प्रहरीलाई करिब ७० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

Advertise
Add
advertise

उक्त सामग्री युएनओपीएस (UNOPS) को कार्यालय विशालनगरमा बिहीबार आयोजित एक कार्यक्रमबीच युएनओपीएस नेपालका कन्ट्री डाइरेक्टर चार्ल्स क्लालनले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा ५ सय थान मेडिकल पीपीई सेट, ५ सय थान फेस सिल्ड, ५ सय थान क्याप, ५ सय थान सु-कभर, ५ सय थान सर्जिकल ग्लोभ्स, ५० हजार थान सर्जिकल मास्क, ५० हजार थान नन-सर्जिकल रबर ग्लोभ्स, १६ लिटरको ५ सय थान डिसइनफेक्टेन्ट स्प्रे, १ हजार २ सय लिटर डिसइनफेक्टेन्ट लिक्विड र ५ सय थान थर्मोमिटर गन रहेका छन्