तनहुँको भानु नगरपालिकाको एउटै वडाका २० जनामा संक्रमण

everest kitchen

काठमाडौ । तनहुँको भानु नगरपालिका वडा नं. १ का २० जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा नगरपालिकाको वडा नं. १ का१४ जना पुरुष र ६ जना महिलामा संक्रमण देखिएको बताएको छ ।

Advertise
Add
advertise

स्वाब संकलन गरिएका १२२ जनामध्ये ८९ को परीक्षण गर्दा २० जनामा संक्रमण देखिएको हो । बाँकीको परीक्षण हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाभित्र पूरै आवतजावतमा रोक लगाउने तयारी भइरहेको बताएको छ।