कपिलवस्तुमा अवैध लागूऔषधसहित एकजना पक्राउ, तथा सर्लाहीमा १५ केजी गाँजा बरामद

everest kitchen
photo file

काठमाडौं । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१० विर्तास्थित सडकबाट ८ ग्राम २ सय ३० मिलिग्राम लागूऔषध जस्तो देखिने खैरो पदार्थ सहित सोही ठाउँ बस्ने २७ वर्षीय बिजय पासवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले लु.९ प २३८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक पासवानलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

Advertise
Add
advertise

त्यस्तै, सर्लाही लालबन्दी नगरपालिका-१ स्थित लखनदेही खोला नजिकबाट १५ केजी अवैध लागूऔषध गाँजा बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ हरिवनबाट नवलपुरतर्फ आउँदै गरेको बा.३४ प ६१८९ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपछि प्रहरीले मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ भने घटना सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।(नेपाल प्रहरी )