“चेतना” : रञ्जुश्री पराजुली

रञ्जुश्री पराजुली

लघुकथा ” चेतना”

रञ्जुश्री पराजुली

आँपको ठूलो रुखले आफू जस्तै ठुलो सुपारीको रुखलाई अभिवादन गर्दै भन्यो ” कस्तो छ तपाँइलाई आज । खडेरीले गर्दा हामी सबै पिडित भएका छौं । तपाईं त हिजो पानीको मात्रा कम भएर झन्डै लडनु भएको थियो । ” “हामी यो ठाउँका रैथाने हौं । हाम्रा पुस्ता वर्षौ वर्ष देखि यहीका रैथाने भएर रहेका छौं। वर्षौदेखि आफ्नो कर्तव्य पूरा गरेर साहुका सन्तान दरसन्तानलाई मीठो रसिलो अमृत जस्तो पोसिलो फलले तृप्त पार्दै आएका छौं । तपाईं सुपारी बंशलाई हामी भन्दापछि यहाको माटो खोस्रीएर यहाँ रोपेका हुन् । त्यस्तै कतै केराका भाइ भारदार लहलहाउँदो छाते पात हल्लाउँदै झुलिरहेका छन् । लिची ,कागती कतै कटुस आदिका रुखहरुले आँप र सुपारीको कुरा सुनी रहेका थिए ।

Advertise
Add
advertise

तपाईं जस्तै अरु धेरै थरी फलफुलका बिरुवाहरु यो ठाउमा रैथाने भएर बसेको धेरै काल भै सक्यो । पहिले त साहुका सन्तान पनि यतै बस्दथे । अहिले कोही शहरतिर त कोही समुद्र पारी विदेशतिर आधुनिक सुविधा खोज्दै विस्थापित भए।हाम्रो रेखदेख कोही गर्दैनन् । तैपनि हामी आफ्नो कर्म नछोडिकन क्षमताले भ्याएसम्म बोटमा फलफुल फलाएर आफ्नो कर्तब्य पूरा गर्छौ । बोटमा लटरम्म फल फलेको देखेपछि टिप्नेको भने लर्को लाग्छ ।
अलि परबाट नारिवलको रुखले उनीहरुको कुरा सुनी रहेको थियो । उसलाई पनि केही बोलौं जस्तो लागेर भन्यो” नमस्ते मित्रहरु ! मैले त एउटा राम्रो कुरा सुनेको छु ।कति सत्य हो ,त्यो समयले नै बताउला । मानव समुदायमा अब हाम्रो पनि रेखदेख र संरक्षण हुने चेतना फैलिएको छ रे !स्वार्थी मानव समुदायलाई यस्तो चेतना कसरी आयो कुन्नी?
कुरा सुनिरहेको अर्को बृद्ध ओखरको रुखले” म यो कुरा पत्याउँदिन ।हाम्रो मलजलको वास्ता नगर्ने तर फल टिप्न भने हतारिने मानव जातिमा यस्तो सोच कसरी आयो होला र ?त्यसै बिच हरियो पंखारुपी पातमा झुलीरहेको केराको युवा घारीले आफ्नो मात्र सुख सुविधाको ख्याल राख्ने मतलवी मान्छे जातिको चेत खुलाउन कोरोना भन्ने एउटा महामारी रोगरुपी अदृश्यशक्ति विश्व भरमणमा डुल्दै छ रे ! विश्वका मानव समुदाय अनुशासित भएर प्रकृति माताले देखाएको बाटोमा चल्छन् भने उपनि शान्त भएर आफ्नो बाटो लाग्छ रे । त्यसैले आज मानवता रुपी भाइचारा त्यगेर लोभ मोहमा लागेर विस्थापित भएकाहरु पनि आमाको संरक्षण गर्न दत्त चित्त भएर आ-आफ्नो थलो फर्कदै छन् रे !प्रकृतिको संरक्षण गर्ने चेतनाको लहर चलेको छ रे ! अब हामी पनि निरोगी भएर धेरै फलफुल उत्पादन गर्ने क्षमता बढाएर बाँच्न पाउँछौं रे” यो सुनेर सबै बोट बिरुवाहरू खुसि भए ।

हाल -अमेरिका