निर्माणाधीन छोरङ्वा त्रिशुले खानेपानी आयोजनाको मुहान पहिरोले बगायो

everest kitchen

पाँचथर, ३१ साउन । अविरल बर्षाका कारण पाचथरको कुम्मायक गाउपालिकास्थित वडा नंं. २ माङ्जाबुङमा निर्माणाधीन छोरङ्वा त्रिशुले खानेपानी आयोजनाको मुहान पहिरोले बगाएको छ ।

सङ्घीय सरकारबाट बिनियोजित १ करोड रकमद्वारा निर्माणाधीन उक्त खानेपानी आयोजना इलाम चौतारा र लिचिबुङ बिचमा गएको पहिरोले बगाएको हो ।

Advertise
Add
advertise

गत श्रावण १५ गतेदेखि यता परेको अविरल बर्षाले उक्त स्थानमा रहेको निर्माणाधीन खानेपानी आयोजनाको मुहान पहिरोले बगाउँदा साबिकको वडा नम्बर १, २, ६, ७, ८ र ९ वडाका ५७६ घरधुरीको पिउने पानी प्रभावित बनेको कुरा छोरङ्वा त्रिशुले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति माङ्जाबुङका अध्यक्ष तथा वडाध्यक्ष बालकृष्ण सेर्माले बताएका छन् ।

मानवीय क्षति नभएको तर लगातार पानी परिरहने र लकडाउनका कारण उक्त निर्माणाधीन खानेपानी आयोजनाको पुनःनिर्माण कार्य अघि बढन नसकेको कुरा पनि अध्यक्ष सेर्माले जानकारी दिए ।

पदमदुखी सम्बाहाम्फे/ नयाँअनलाइनबाट