अहंकारी मानिस समुन्द्रलाई तलाउ देख्छन् : नायक पल शाह

everest kitchen


काठमाडौं । नायक पल शाह लकडाउन खुकुलो भएसँगै म्यूजिक भिडियोको काममा व्यस्त थिए । देशभर कोरोना संक्रमितको संख्या बढन थालेपछि म्यूजिक भिडियोको छायांकनको काम रोकेर बसेका छन् ।

कोरोना सुरु संगै नेपालमा भएको लकडाउनको मारमा परेका चलचित्र प्राबिधिकहरुलाई राहत उपलब्ध गराएर प्रशंसासमेत बटुलेका थिए ।

Advertise
Add
advertise

सहयोग र शालीन नायकको रुपमा छवि बनाएका पलले सामाजिक संजालमा एक स्टाटस लेख्दै आफ्नो आलोचना गर्ने विरुद्ध कडा जवाफ दिएका छन् ।

पल लेख्छन् : ” अहंकारी मानिस समुन्द्रलाई तलाउ देख्छन् । तलाउमा ढुंगा हान्दा उत्पन्न हुने तरंग हेर्दै खुशी हुन्छन् । शान्त समुन्द्रको लहरसँग खेल्दै रमाइलो मान्छन् । शालिनताको फाइदा उठाउँदै आफ्नो खुशीको लागि अरुलाई प्रहार गरिरहन्छन । फलस्वरूप समुन्द्रले भयंकर सुनामीको रुप लिन्छ । निर्मम बनेर विध्वंस मच्चाउँछ । त्यसैले शान्त र शालीन छ भनेर कुनै मानिस माथी एकोहोरो प्रहार नगर्नुस् । भित्ताको त कान हुन्छ भन्छन्, आफू माहान देखिन अरुको कुरा काट्दै नहिँड्नुस । किनकी तपाईंको आँखाले प्रदुषित तलाउ देखे पनि वास्तवमा त्यो तपाईंलाई निमेष भरमै सिध्याउन सक्ने समुन्द्र हुन सक्छ । जसले तपाईंको हैसियत सम्झाउने मात्र होइन बिर्सन नसक्ने धक्का पनि दिन सक्छ । चेतना भया ।”

आफु प्रति कुनै नकारात्मक भएको महशुस गरे पलले सामाजिक सञ्जालमा लेख्ने गर्दै आएका छन् ।
केहि समय अघि पारिश्रमिक नदिने एक निर्माता लक्षित गरि उनले फेसबुक स्टाटस लेखेपछि चलचित्र जगतमा चर्चा उठेको थियो ।