स्वदेश फर्किने नेपालीले होटल क्वारेन्टाइन खर्चको जोहो गर्नु : दुतावास

everest kitchen

काठमाडौं । नेपाली राजदूतावास मलेसियाले मलेसियाबाट नेपाल फर्किने नेपालीले अनिवार्य एक हप्ता होटल क्वारेन्टाइन बसाइँको खर्च जोहो गर्न आग्रह गरेको छ ।

दुतावासले एक सुचना जारी गर्दै भनेको छ ” नेपालमा कोभिड१९ को संक्रमणदर बढदै गएको सन्दर्भलाई मध्यनजर गर्दै विभिन्न मुलुकबाट नेपाल फर्किएका नागरिकहरु ५/७ दिन काठमाण्डौका तोकिएका होटल क्वारेण्टाईनमा बस्नु पर्ने उल्लेख गर्दै उक्त खर्चको जोहो गर्न आग्रह गरेको हो ।

Advertise
Add
advertise

मलेसिया लगायत खाडी तथा अन्य देशबाट नेपाल फर्किने नेपालीले काठमाडौंमा सरकारले तोकेको होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । होटल क्वारेन्टाइनमा लाग्ने खर्च श्रमिक स्वयंले व्यहोर्नुपर्ने छ ।

काठमाडौं स्थित होटल क्वारेन्टाइनमा बसेको करिब ७ दिनपछि कोरोना कोरोना जाँच गरिने र कोरोना जाँचमा नेगेटिभ देखिएपछि स्थानीयतहले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने बताएको छ ।