२६ ओैं विश्व आदिवासी दिवस मलेसियामा पनि मनाइयो

everest kitchen

क्वालालम्पुर । २६ ओैं विश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले पनि मनाएको छ । क्वालालम्पुर स्थित एक रेष्टुरेन्टमा महासंघले एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरि सो दिवस मनाएको हो ।

“पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधनको आन्दोलन हाम्रो साझा बहस ! स्वनिर्णित विकास र महा-माहामारीमा बाच्ने तथा बचाउने पक्षमा २६औ विश्व आदिवासी दिवस !!’ भन्ने मूल नाराका साथ मनाईएको उक्त कार्यक्रमलाई महासंघका अध्यक्ष विपिन राईले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

Advertise
Add
advertise

यस्तै कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बरामले भिडियो सन्देश मार्फत शुभकामना दिएका थिए ।

त्यस्तै कार्यक्रमलाई नेपाल तामाङ घेदुङ मलेसियाका उपाध्यक्ष फूर्वा दोर्जे मोक्तान , महासंघका सल्लाहकार जीवन देवान गाउले,किराँत याक्कथुङ चुम्लुङका अध्यक्ष दिल कुमार केरुङ, नेपाल तामाङ धेदुङ मलेसियाका अध्यक्ष जगत दोङ तामाङ साथै थारु सेवा समाज मलेसियाका कोषाध्यक्ष रमेश कुमार थारु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष बिपिन राईले आदिवासी जनजातिको माग र मुद्दालाई सरकारले सम्बोधन मलेसियामा रहेका जनजाति लाई अाफ्नो धाषा संस्कृति र पहिचान जगेर्ना गर्नका लागि महासंघमा आवद्ध भइ एक्यवद्धता जनाउन आग्रह गरे ।

साथै कार्यक्रमको सो अवसरमा महासंघले रित्त रहेका केहि पदपूर्ति समेत गरेकाे छ। जसअनुसार महासचिव बिक्रम वाईबा तामाङ, सचिव सुदिप शेर्पा र सदस्यमा राम प्रसाद पुन मगरलाई चयन गरेको हो ।