“हाम्रो लघुकथा पाठशाला” हिमाल टाइम्स र १ सय सर्जकहरू : राजु क्षत्री अपुरो

everest kitchen

यहाँहरू धेरैलाई थाहा नै छ। हाम्रो यो पेज खुलेको बल्ल ५ महिना पुगेको छ। खुसीको कुरा ,हाम्रो यस पेजसँग सहकार्य गरिरहेको हिमाल टाइम्स अनलाइनमा अाजका मितिसम्म १०० जना सर्जकले स्थान पाइसकेका छन् ।

हिमाल टाइम्सको टिमको पृष्ठभूमिबारे जानकारी गराउनु पर्दा यो टिमले हाम्रो आवाज नामक पत्रिका मलेसियाबाट सञ्चालन गरेको थियो । उक्त पत्रिका मलेसियामा स्थापित भैसकेको छापा पत्रिका थियो। त्यस्तै टिममा मलेसियामा पछिल्लो समय साप्ताहिक रुपमा प्रकाशित हुदै आएको एक साप्ताहिक पत्रिकाको समाचार प्रमुख लगायतको उपस्थिति रहेको छ। मलेसियामा नेपालीहरूको चापमा कम हुँदै गएपछि र पाठकहरूको छापामाध्यमको प्रभावमा कमी आएसँगै यो टिमले हिमाल टाईम्स डटकम (himaltimes.com) अनलाइन संस्करणलाई निरन्तरता दिन थालेको हो।

Advertise
Add
advertise

हिमाल टाईम्स टिममा नेपाल तथा मलेसियामा पत्रकारितामा लामो अनुभव बोकेका सदस्यहरू रहेका छन् । जसमा हाम्रो आवाजकी प्रधान सम्पादक , लेखिका र समाजसेवी सपना बस्याललाई सम्पादकको जिम्मेवारी सुम्पिएको छ । यसैगरी सोही पत्रिकाका सम्पादक एवं नेपाल पत्रकार महासंघ मलेसिया शाखा २०६६-६७ का अध्यक्ष रहिसकेका बिपिन राईले मलेसियाको गतिविधि हेर्नु हुन्छ भने पछिल्लोपटक मलेसियामा प्रकाशित हिमालय टाईम्स साप्ताहिकका समाचार प्रमुख समेत रही सकेका अनलाइन पत्रकारितामा सक्रिय बिपेन उलङ्गेले नेपालमा न्युज डेस्क हेर्नुहुन्छ । पत्रकारितामा केही लामो समय व्यतीत गरिसकेको मलाई भने साहित्यिक बिभागको जिम्मा दिइएको छ। हाम्रो यस टिममा ईश्वर राई लगायतका अन्य सरहरुले भिडियो रिपोर्ट उत्पादन तथा सम्पादन हेरिरहनु भएको छ । अनलाइन पत्रिकामा मलेसियाको जोहर र पेनाङसहित नेपालका विभिन्न जिल्ला र विभिन्न देशमा समेत रिपोर्टरहरु आवद्ध रहेकाछन् ।

“हाम्रो लघुकथा पाठशाला” फेसबुक ग्रुपको मूल मन्त्र ` सिकौँ र सिकाऔँ ´ उद्देश्य अनुरुप पढ्नेलाई लेख्न लगाउने , लेख्दै आइरहेकालाई स्थापित बनाउने , र स्थापित भैसकेकालाई नयाँ सर्जकसँग साक्षात्कार गराउने रहेको छ। यसमा हिमाल टाइम्स सँगको सहकार्यले हामीलाई इँटा थप्ने कार्य भैरहेको हामीले पाएका छौँ । हालसम्मका१०० जना लेखकहरू मध्ये धेरैजसो त नयाँ लेखक हुनुहुन्छ।

हिमाल टाइम्स अनलाईनमा प्रकाशित भएर आउँदा, नयाँलाई पक्कै पनि उर्जा मिलेको हुनुपर्छ भन्ने हामीलाई लाग्दछ। लघुकथा लेखन हेर्दा सामान्य देखिएपनि लेखन कार्यमा गाह्रो बिधा नै हो। यो बारे मैले पटकपटक लेखिरहनु पर्दैन जस्तो लाग्छ। साहित्यमा थुप्रै भोटा फटाइसकेका हस्तिहरू पनि आकर्षित भएको र लेख्न सिक्दै गरेका उदाहरण थुप्रै भेटिन्छन् । अझ कतिपयले त छोटा कथा लेखेर लघुकथा लेखेँ भन्ने भ्रम समेत पालेर बसेको पाइन्छ।

लघुकथाको यो पेज खुलेसँगै र हिमाल टाइम्ससंगको सहयात्रामा तपाईं पनि समाबेश हुनु भएकोमा आफुलाई लागेको केही शब्द खर्चिन कन्जुस्याइँ नगरिदिनुहोला । साथै हाम्रो यो कार्य गर्दा केही सर्जकहरू छुट्न पुग्नु भएको छ। जानेअन्जानेमा भएका गल्तिलाई हामी सुधार गर्दै लैजानेछौँ ।

हामीले गरेको सहयात्रामा लघुकथा र लघुकथाकारहरूको सूचि यस प्रकार रहेको छ –

हिमाल टाइम्समा पाठशालाका १०० लघुकथाहरु ( सुरु मिति- बैशाख २१ , २०७७ देखि २०७७ साउन ३२ सम्म )

क्र.स — नाम शीर्षक

१- देवीप्रसाद `मामा´ ——– निर्दय

२- ओमकुमारी रानाभाट ——— अामा

३- डा. श्याम न्यौपाने ————–भोज

४- लक्ष्मण अर्याल ——————- अनुगमन

५- भवानि तिमल्सिना न्यौपाने ——- न्यायको अन्त्य

६- गोमा सिटौला ————— ग्रीन कार्ड र पिअार

७- कान्ति पौडेल ————— लाज

८- अास्था निरौला ————— सहयोग

९- अनुग्रह राना ——————— डिमाण्ड

१० डा. विदुर चालिसे ———— उपनिवेस

११- कृष्ण शर्मा ` सुमु ´ ———– वेदना

१२- प्रभादेबी पौडेल —————- दोषी को ?

१३- नवराज कोइराला ————— लापरवाही

१४- मधु भण्डारी ———————– योगदान

१५- भरत पुरी ———————– अनिकालको बीऊ

१६- हरि गोविन्द भोमी ————— असमान

१७- त्रिपुरा पोखरेल ( खरेल ) ——– नर्क

१८- टीकाराम पुरी ——————- राष्ट्रगान

१९- भरत अाचार्य ——————- निसाफ

२०- चन्द्रा न्यौपाने ——————- प्रशंशा

२१- जमुना पौड्याल —————– अधुरो सपना

२२- बाबुराम पराजुली ` अविरल ´ —– समय

२३- रमेन्द्र कोइराला ——————- क्रान्ति

२४- दिलिप राई ` सगर ´ ———— चलानी

२५- ऋषि तिवारी ———————– पहाडकी रानी

२६-विश्वराज अधिकारी ———— हरेक रोग निको पार्ने गुरु

२७- रचना शर्मा ——————— बालअसर

२८- प्रकाश खडका ——————- पछुतो

२९- इन्दिरा प्रसाईं ———————– अाफ्नो मरदलाई

३०- ललिता ` दोषी´ ——————- महान कविज्यू

३१- दिपक खनाल ` अगम ´——— महाभूकम्प

३२- जीवन दाहाल ——————- छिचरो

३३- योगप्रसाद उपाध्याय ( दिङ्लाली) — विश्वासघाती

३४- डिलाराम अाचार्य ——————- डर

३५- तारा भट्टराई ( अनु विज्ञाति ) ——- फेर्ने कि लाउने ?

३६- कुमुदप्रसाद शर्मा ———————- फाँसी

३७- अमर त्यागी —————————– अात्महत्या

३८- रमेश सुवेदी —————————— बहुविवहा

३९- नीलमकुमार पौड्याल ——————- अभियन्ता

४०- जनक सिग्देल ————————— भरिया

४१- अप्सरा भट्टराई ————————- मीठो खाजा

४२- विवेक भण्डारी ————————— यात्राको कथा

४३- गङ्गा दाहाल न्यौपाने ——————- हारेकी नारी

४४- तुलसीराम खरेल ———————— तारा

४५- समीर पाख्रीन ————————— बहिष्कार

४६- डा. पुष्करराज भट्ट ——————— महानदाता

४७- सुमन दाहाल —————————- स्वाद

४८- दुर्गा सारु ——————————– कोशिश

४९- रामचन्द्र भट्टराई ———————- जीवनसाथी

५०- बसन्ता गौतम ———————— समस्या

५१- शेखर अर्याल ————————– प्रेरणा

५२- रीता बलामी ————————— मानसिकता

५३- बीक्रम बी. याक्खा —————— जड्याहाकी स्वास्नी

५४-बाबुराम न्यौपाने`उत्स ´- नेताको भाषण र पण्डितको शान

५५- गङ्गा अाचार्य ——————- झटारो

५६- रमेशचन्द्र घिमिरे —————— समयको माग

५७- कुमार काफ्ले ——————— तत्वज्ञान

५८-नानू परिवर्तन ———————- भोक

५९- गोमबिक्रम ————————- सन्तानको आश

६०- पुष्पा शायरा ——————— कर्तव्य

६१- मदन पौडेल ——————— गुरुदत्तको डायरी

६२- टङ्क अाले मगर —————- चोर बिरालो

६३- तिलक तारामी ——————- रक्सीको असर

६४-मोहन अधिकारी —————— कण्ठी बाँधेको बिरालो

६५- विरही कान्छा ` मिरिक ´ ——— डर

६६- रिमबाबु राना ———————- उपदेश

६७ – तारा के .सी. ————————– घरबेटी बा

६८- सीता बिष्ट कार्की ( सीबिका) ——– रहस्य

६९- दुर्गा वनबासी शिवाकोटी ——- छोरा राम्रो कि छोरी ?

७०- उद्धवप्रसाद प्याकुरेल ———– जाडो

७१- ज्ञानीराजा महर्जन —————- अमेरिकाको कोसेली

७२- इन्दिरा चापागाईँ —————— प्रवृत्ति

७३- नवराज शर्मा ———————– असामाजिक

७४- प्रेमपुन मगर ———————– नाति

७५- हेम पोखरेल ———————— परिवर्तन

७६- तुलसी पण्डित ——————— अस्त्र

७७- बिष्णु भण्डारी ——————— इज्जतको डर

७८- शुक्रराज कुँवर ——————— पसिनाको मूल्य

७९- शुभ शर्मा ————————– चट्टान

८०- नारायण पौडेल माझघरे ———- एउटा अनौठौ रहस्य

८१- मदन पराजुली ——————– अाजको अर्जुन

८२- कामाक्ष दाहाल ——————- गर्भ

८३- अवतार ढकाल ——————– फरक

८४- लक्ष्मी पौडेल ———————– कान्छी स्वास्नी

८५- प्रभा अाचार्य ———————— परदेशबाट

८६- शेखरकुमार श्रेष्ठ ——————– उचालपछार

८७- श्रीराम राई ————————— साप्सू खोलाको पानी

८८- सुधिर कुमार सुमन ————— इज्जत

८९- केशव मोहन अधिकारी ———– बहकिँदा

९०- हेमलता उप्रेति ———————- शहरकी केटी

९१- लता के.सी. ————————- आवरण

९२- लक्ष्मी पोखरेल ——————–अाँट र ढाँट

९३- पदमबहादुर क्षेत्री` प्रदीप´———- हक

९४- बिष्णुप्रसाद उप्रेती ————— प्रण

९५- रञ्जुश्री पराजुली —————– चेतना

९६- टुकादेवी अाचार्य —————— उपहार

९७ – धनराज गिरी ——————— मामाघर

९८- खेमराज पोखरेल ———– पछ्यौरीको अाइसक्रिम

९९- जया शर्मा ——————— अचानाको चोट

१००- राजु क्षत्री अपुरो ———- दाग

धन्यवाद !

( राजु क्षेत्री अपुरो हिमाल टाइम्स साहित्यिक विभाग संयोजक हुन । क्षेत्रीले यो सामाग्री ” हाम्रो लघुकथा पाठशाला” फेसबुक ग्रुपको लागि तयार गरेका हुन ।)