एसईईको नतिजा सार्वजनिक

everest kitchen


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाभाइरस महामारीका कारण हुननसकेको यो वर्षको एसईई परीक्षाको नतिजा प्रकाशन गरेको छ।

विद्यालयहरूले विगतका आन्तरिक परीक्षाका आधारमा पठाएको विद्यार्थीहरूको आन्तरिक मुल्याङ्कनलाई नै बोर्डले प्रमाणिकरण गरिदिएको हो ।

Advertise
Add
advertise

राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मुल्यांकन गरि विद्यालयहरूले पठाएका प्राप्ताङ्कलाई प्रत्येक जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइले बोर्डमा पठाएको थियो । उक्त प्राप्त अङकका आधारमा बोर्डले प्रमाणिकरण गरेर परीक्षाफल प्रकाशित गरेको बताएको छ ।

गत चैत ६ मा हुन नसकेको उक्त परीक्षामा ४ लाख ८२ हजार भन्दा बढी विद्यार्थी सहभागी हुन लागेका थिए। कोरोना भाइरस प्रकोपका कारण परिक्षा हुने एकदिन अघिमात्र परिक्षा स्थगित भएको थियो ।