प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा चार जना पक्राउ

everest kitchen
सांकेतिक तस्बिर

मकवानपुर । प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई खुकुरी सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका-६ गौरीटार नजिक लागूऔषध गाँजा सेवन गरेका केही व्यक्तिहरूले घरघरमा ढुंगा हानी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीलाई सोही ठाउँस्थित रामनगर बस्ने २६ वर्षीय भक्तराम राउत समेत ४ जनाले खुकुरी प्रहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertise
Add
advertise

खुकरी प्रहारबाट घाइते भएका एक जना प्रहरी सहायक निरीक्षकलाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । यस ग्सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।