ललितपुर र बाँके मृत अवस्थामा फेला

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । ललितपुर, बागमती गाउँपालिका-३ भट्टेडाँडा कोलनमा ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-३ भकुन्डेवेंसी घर भएका १८ वर्षीय दिपेन बर्देवा सोमबार मृत अवस्थामा फेला परेका छन ।

गत साउन २३ गते अन्य २ जनासँग बागमती गाउँपालिका-३ भट्टेडाँडामा घुम्न गएकोमा दिपेन बर्देवा सम्पर्कविहिन भएको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । साथै उनको साथमा गएका २ जनालाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertise
Add
advertise

यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका-२० पोतेवारपुरस्थित धान खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।