गोली हानी हत्या गर्ने फरार अभियुक्त पक्राउ

everest kitchen
photo file

सिरहा । गोली हानी हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादी मिर्चैया नगरपालिका-५ बस्ने लाल कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०७६ असार ११ गते राति सोही नगरपालिका बस्ने गरजुन भन्ने देवेन्द्र यादव र लाल कुमारले सोही नगरपालिका बस्ने २२ वर्षीय चिरेन्द्र कुमार यादवलाई गोली हानी हत्या गरी फरार रहेका थिए ।

banner ad
advertise
Add
advertise

उनीहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले धनुषा जनकपुरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी लाल कुमारलाई पक्राउ गरेको हो ।

यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।