पोखरामा बलेरो जिपले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

everest kitchen
सांकेतिक तस्बिर 

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनमा ग.१ ब ३६९ नम्बरको मोटरसाइकललाई ग.२ च २६२६ नम्बरको बलेरो जिपले मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा पाल्पा रिप्दिकोट गाउँपालिका-८ घर भएका वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान चन्द्र बहादुर बगालेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

banner ad
advertise
Add
advertise

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बर्दिया बढैयाताल ६ बस्ने मैनापुर-२ घर भएका सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार डम्बर बहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।