प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई काम गर्नबाट नरोक्न सर्बोच्चको आदेश

everest kitchen


काठमाडौं । प्रेस काउन्सिल, नेपालका वर्तमान कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठलाई काम गर्नबाट नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

श्रेष्ठलाई हटाएर मन्त्रिपरिषद्को सोमबारको बैठकले दुर्गा भण्डारीलाई प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो । त्यसका विरुद्ध सरकारद्वारा हटाइएका श्रेष्ठ सर्वोच्च अदालत गएका थिए ।

banner ad
advertise
Add
advertise

सरकारले प्रेस काउन्सिलको नियममा थप व्यवस्था गरेर कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदा काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्ने पनि सर्वोच्चले जारी गरेको अन्तरिम आदेशमा भनिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कार्यवाहक अध्यक्षबाट श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको हो ।

सर्बोच्चको आदेशमा भनिएको छ “‘यस अवस्थामा विवादित नियम ३(क) को प्रावधान तत्काल कार्यान्वयनमा ल्याइएमा निवेदक प्रेस काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्नसक्ने अवस्था देखिएको हुँदा सुविधा सन्तुलनका दृष्टिले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखियो । ‘उक्त संशोधित (थप गरिएको) नियम ३ (क) हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राखी प्रेस काउन्सिलका भइरहेका कार्यवाहक अध्यक्षलाई हटाउने कार्य नगर्नु, नगराउनु । निजलाई साविक बमोजिम काम गर्न दिनबाट नरोक्नू भनि सर्बोच्चले अन्तरिम आदेश दिएको छ।’

आइतबार सरकारले पोखराकी दुर्गा भण्डारीलाई काउन्सिल सदस्य नियुक्ति दिई अतिरिक्त व्यवस्था गरि सोमबार नै गरि कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो ।