मलेसियाको खुला पार्कको छाप्रोमा अलपत्र नेपाली आमा छोरा ! उद्धारको लागि अपिल

everest kitchen
खुला पार्कमा बसिरहेका आमा छोरा

सपना वस्याल
मलेशिया । मलेशियाको पार्कमा अलपत्र सविना र उनको चार वर्षे छोराको उद्दार पहलमा सहयोगको अपिल गरिएको छ ।

आफ्नो नाम सविना राई (कट्वाल) वताउने अन्दाजी ३८ वर्षकी नेपाली महिला आफ्नो ४ वर्षको छोरा सहित विगत ६ महिनादेखि मलेशियाको एक पार्कमा अलपत्र अवस्थामा छिन् । उनीराजधानी क्वालालम्पुर नजिकै रहेको सुवाङ्गको, ग्लेनमरी भन्ने ठाउँको सार्वजनिक पार्कमा अलपत्र रुपमा रहेकी छिन् ।

banner ad
advertise
Add
advertise

सविना आफ्नो छोरा सहित वोराले वारेको छाप्रोमा विगत ६ महिनादेखि अत्यन्त दयनिय अवस्थामा बसेकी छिन् । सविना र उन्को छोरालाई उद्दार गर्न मलेसियामा भएका नेपालीहरुबाट पहल भएपनि अहिले सम्म उनीहरूको उद्दार गर्न सकिएको छैन । सविनाको मानसिक अवस्थामा केहि असन्तुलन भएको अड्कल उनलाई भेटी घर फर्काउन सहयोग पहल गरी रहेकी, गैरआवासीय नेपाली संघ, मलेशियाकी महिला उपाध्यक्ष शुभद्रा कुमारी लिम्बूले बताईन् ।

पीडितसंग भेट्दै एनआरएन मलेसियाकी उपाध्यक्ष सुभद्रा कुमारी लिम्बू

लिम्बूका अनुसार गएको महिना केही नेपालीहरुले सविना र उनको छोरालाई नेपाली रेष्टुरामा लगेर राखिएको थियो । तर उनी त्यहाँ बस्न नमानेर फेरी उक्त पार्कमा छोरा लिएर फर्किएर आईन् । उनको नेपालमा भएका आफन्त र गाउँलेजन सम्पर्कमा आउन लिम्बुले यसै समाचार मार्फत आग्रह गरेकी छिन् ।

सविनाले लिम्बूलाइ वताएअनुसार, उनको आफ्नो घर नेपालमा ओखलढुङ्गा पात्ले गाउँ वडा नं ७ हो र बुवाको नाम विष्णु बहादुर राई हो । उनी पाँच बर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको जोहोरवारु स्थित एक कम्पनीमा आएकी थिइन् । पछि सविना कम्पनीबाट निस्कीएर रेष्टुरामा काम गरेकी थिइन् । उनले त्यही समयमा छोरा जन्माएकी हुन् ।

छोराको बाबुको वारेमा सविनालाई धेरै हेक्का नभएको र उनले नै मागेर छोराको हेरविचार गरीरहेकी छन् । उनको नेपालमा पहिलो विहेबाट करीब अठार, उन्नाईस वर्षकी छोरी पनि रहेको बुझिएको छ ।

“सविनाको साथमा कुनै पनि परिचय पत्र छैन, पैसा लिन पनि मान्नुहुन्न र आमा छोरा यहि संगै बाच्छौं र संगै मर्छाै भनेर भनिन् । मेरो मन भक्कानिएर आयो ।” लिम्बूले भनिन् ।

“खुला पार्क निर गाडि राख्न आउनेले केहि खाना दिँदा रहेछन् नभए आमा छोरा भोकै वस्दा रहेछन् । अनि कहिलेकाही राति केहि मानिसले आएर धम्काउने तर आफुले साथमा राखेको हतियार देखाएर ज्यान जोगाएको कुरा गरिन् । परदेशमा नेपाली चेलि र उनको अवोध बालकको यो विजोग देख्दा अत्यन्त दुखित छु, आशा गर्रौ उनि छिट्टै घर फर्कन पाउँने छन् ।”, लिम्बूले बताइन् ।

लिम्बूका अनुसार सविनालाई पहिला उपचारको खाँचो छ । सविनामा आफ्नो र छोराको ज्यानको सुरक्षा गर्नु पर्छ र नेपाल जानु पर्छ भन्ने चेतना छैन । सविना र उनको अवोध बालकको जिवन खतरामा छ । यो अवस्थामा उनलाई खुल्ला पार्कमा छाड्नु नहुँने र उनको उद्दार सकेसम्म छिटो गर्नु पर्नेछ ।

सहयोगी लिम्बूले सम्वन्धित सबै निकायमा सहयोगको अपिल गरेकी छिन् । सविनाका आफन्त वा चिन्नुहुनेले नेपाली राजदुतावास मलेसियाको दुतावासको सम्पर्क न. ०३–२०२०१८९८ वा उपाध्यक्ष शुभद्रा कुमारी लिम्बूलाई ०३–२०७२०६६३, +६०१०२०२८०१३ मा तुरुन्त सम्पर्क गर्न आग्रह गरेकी छिन् ।