कोरोना प्रकोप : मलेसियामा हालसम्म ९ हजारबढी संक्रमित हुदा झण्डै ९ हजार निको भए

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहीबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २४० जनामा संक्रमण पुष्टि भएको छ ।

banner ad
advertise
Add
advertise

त्यस्तै गएको २४ घण्टामा ७ जना डिस्चार्ज भएपछि ८ हजार ९३२ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १८३ मा सक्रिय संक्रमण रहेको छ ।