९ केजी चरेससहित काठमाडौमा एक महिला पक्राउ

everest kitchen
पबित्रा तामाङको साथबाट बरामद  ९ केजी ३ सय ग्राम चरेस

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बु डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-८ घर भएकी २२ वर्षीया पबित्रा तामाङलाई ९ किलो ३ सय ५० ग्राम अवैध लागूऔषध चरेशसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले कोठाबाट उक्त लागूऔषध सहित फेला पारी पबित्रालाई पक्राउ गरेको हो ।

banner ad
advertise
Add
advertise

साथै उनका पती श्रीमान सुनिल भन्ने २७ वर्षीय फुल बहादुर तामाङ हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।