‘ट्रोल’को सिकार बनेका दुर्गेशले सार्वजनिक गरे “आलु जस्तो गायक” (भिडियो )

everest kitchen

काठमाडौ । केहि समय अघि एक टेलिभिजन कार्यक्रममा दिएको अन्तर्वार्ताका कारण ट्रोलमा परेका गायक दुर्गेश थापाले “आलु जस्तो गायक” बोलको गीत सार्वजनिक गरेका छन ।

  • गीतको शब्द भाव ‘होहो माले भन्ने मान्छे, गायक भो बबाल, नगर सवाल..”

उक्त गीतमा दुर्गेशले आफू गायक कसरी र कुन परिस्थितिमा भएको भन्ने कथा समेटेका छन्। गीतमा बसन्त थापाले शब्द र संगीत दिएका छन्।

banner ad
advertise
Add
advertise

गीतको भिडियो शिव बिकले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । त्यस्तै गीतमा दुर्गेश सहित पल शाह, पुष्प खड्का र सरिता केसीको पनि नृत्य रहेको छ।

बिहिवार सार्वजनिक भएको उक्त गीतको भिडियो सार्वजनिक भएको २ घण्टामा करिब ७२ हजार भन्दाबढी उक्त भिडियो हेरेका छन् ।

केहि समय अघि ऋषि धमलाको ‘जनता जान्न चाहन्छन ‘ कार्यक्रममा दुर्गेशलाई नारायणगोपालको गीत गाउन लगाएपछि उनले भक्तराज आचार्यको गीत गाएपछि विवादमा आएका थिए ।