उपचार गर्न नसकी घर फर्काइएका तामाङलाई साईनिङ्ग स्टार युवा मञ्चको सहयोग

everest kitchen

काठमाडौ । श्री साईनिङ्ग स्टार यूवा मञ्च नेपालले बिरामी ३३ वर्षीय शेर बहादुर तामाङलाई आर्थिक सहयोग गरेको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं . १ पाङ्खर निवासी शेर बहादुर तामाङलाई साईनिङ्ग स्टार यूवा मञ्च नेपालले ३६ हजार ५१८ एकमुष्ट रकम संस्थाका सल्लाकार चक्र घिसिङ र पुर्ब अध्यक्ष नबराज लामा लगायतको उपस्थितिमा  सहयोग रकम हस्तान्तरण गरेको संस्थाका महासचिव चक्रबहादुर लामाले जानकारी दिए ।

banner ad
advertise
Add
advertise

लामाका अनुसार केहि महिना अघिदेखि कलेजोमा खराबी र छालामा टिबी देखिएसंगै सिकिस्त बिरामी परेको र उपचारमा लाग्ने आर्थिक रकम उपलब्ध हुन नसक्ने भएपछि तामाङलाई घर फर्काइएको छ ।

तामाङलाई उपचार खर्च धेरै लाग्ने भएपनि थोरै भएपनि सहयोग होस भने र सहयोग रकम संकलन गरिएको महासचिव लामाले बताए । उनका अनुसार उक्त सहयोग संकलनमा विभिन्न व्यक्तिहरुले सहयोग गरेको र नेपाली काङ्ग्रेस राकाथुम काठमाडौं सम्पर्क समितिले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त रकम रामेछाप काङ्ग्रेसका क्षेत्रीय सदस्य तथा संस्थाका सल्लाहकार बिष्णु कुमार घिसिङले संस्था मार्फत पीडितलाई बुझाएका हुन ।

बिरामी तामाङलाई केहि समय अघि काठमाडौं स्थित बीर अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचार सम्भव भएपनि घरको आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न नसकेपछि घर फर्काएको आफन्तले बताए ।

आफन्तका अनुसार उनको घरमा आमा र एक १२ वर्षीय छोरा रहेका छन् । उनकी श्रीमती वैदेशिक रोजगारीमा रहेको र वैदेशिक रोजगारीमा गएदेखि अनौपचारिक रुपमा बिरामी तामाङसंग सम्बन्ध र सम्पर्कमा रहन नचाहेको आफन्तले बताए । उनको छोरालाई भने स्थानीय विध्यालयले नि:शुल्क पढाउने बताएको छ ।                                                                  सहयोगीहरु