तीज : सीताराम नेपाल

everest kitchen
सीताराम नेपाल

लघुकथा- तीज

सीताराम नेपाल

तिज आयो । हुनेखाने महिलाको तडकभडक आयो । हुदा खाने परिवारलाई तिजले गलपासो ल्ययो ….”
समाचार सुनिरहेका एकराज बोल्यो ।
महिला अभियन्ता सरिताले मन्चबाट तिजको भाषण दिदै थिइन ।
“….हामी पढे लेखेका महिलाले धनसम्पत्ति छ भन्दैमा तडक भडक गर्नु हुदैन, महङ्गो लत्ताकपडा र गरगहना लगाउनु त झनै हुदैन । भड्किलो भएर हिड्दा महिला भनेका पुरुषका भोग्या हुन् भन्ने प्रमाणित हुन्छ । …लुटपाट बढ्छ ….”

banner ad
advertise
Add
advertise

सुनिरहेका केही महिला -“हाम्रो सम्पत्ति हाम्रो सान ! कस्तो वाहियात बोलेकी” भन्दै बाहिर निस्के ।
“किशोरी र युवतीले वान पिस, टु पिस लगाइ अङ्ग प्रदर्शन गरि मात लाग्ने अत्तरको बासना र मेकअपको पोतारोले पोतिएर हिड्नाले एक त फजुल खर्चालु होइन्छ र बानी बिग्रिन्छ ।….. बलात्कारमा पर्ने जोखिम बढ्दछ । ”
सरिता पछि मीना बोल्दै गर्दा युवतीहरू – ” यो एक्काइसौं सताब्दिका हामी स्वतन्त्र युवतीले हजुर आमाले सुन्ने भाषण सुन्ने होइन ” भन्दै बाहिरिए ।
“हिजोआज शहर बजारमा महिनाै अघिदेखि पार्टी प्यालेस, होटेलहरूमा जम्मा भइ बडो तडकभडक गरि भोज खाने, भोजमा वाइन खाने अनि मातेर पुरुषसङ्ग डिस्को डान्स गर्ने चलन बढेको छ । कतिपयले देखासिकी गरि परिवारलाई ऋणमा डुबाएर त्यसो गरेको पाइन्छ । तिजको गीत भने परिवारसङ्ग बसेर सुन्नै नसकिने उच्छृङ्खल गाइन थालेको छ त्यो पनि उत्ताउली अर्धनग्न गाइकाले गायकसङ्ग युगल…..।”
कार्यक्रम संचालिका बोल्दै गर्दा बाकी महिला बाहिरिए । हलमा आयोजकमात्र रहे ।
समाचार बाचकले प्रत्यक्ष प्रसारण गरेकाे हेरिरहेका एकराज हल खाली भएको देखेर छक्क पर्यो ।
तीजको कार्यक्रमको आयोजकहरू अध्यारो अनुहारमा -” किन महिलाहरू बाहिरिए ” भनेर छलफल गर्न लाग्दा कार्यक्रम छाडेर गएकी एक महिला हतासिएर त्यहाँ पुगिन र गुहार माग्दै एकसासमै भनिन …” दिदी लुटिइन । …एक युवती कुद्दै आइन र मद्दतको याचना गरिन -” मेरी फूलजस्ति बहिनीलाई गुन्डाहरूले हातपात गरे । लाैन गुहार दिनुस् ….!”
—— ——
कार्यक्रमबाट बाहिरिएकालाई सम्भावित दूर्घट्नाबाट बच्ने सबक सिकाउन केही युवतीलाई पुरुषको भेषमा लुटपाट र हातपात गर्न पठाउने सरिता र मीना खुसी भएर भने – ” लातको भूत बातले मान्दैन भन्ने महिला अभियानमा चार दसक बिताएका हामीलाई राम्रोसँग ज्ञान छ ।”