पुजारी हत्याकाण्ड : विश्व हिन्दु परिषद रौतहटद्वारा छानबिन गर्न मागसहित प्रजिअ यादवलाइ ज्ञापनपत्र

everest kitchen

सुरेन्द्र महतो

रौतहट । रौतहट जिल्ला माधवनारायण नगरपालिका वडा नं.२ खेसरहीया स्थित “श्री हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरिएको घटनालाई विश्व हिन्दु परिषद नेपालले छानबिन गर्न माग गरेको छ ।

परिषद घटना प्रति घोर भत्सर्ना गर्दै बिहीवार प्रमुख जिल्ला अधिकारी इन्द्र देब यादव मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । परिषदका जिल्ला अध्यक्ष आलोक पान्डेको नेतृत्वमा घटनाको कडा निन्दा गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । हत्यामा संलग्न अपराधीलाई यथासिघ्र कानुनी दायरामा ल्याई कारबाहीको माग सहित मृतक सन्तलाई शहिद घोषणा गर्न माग ज्ञापनपत्र मार्फत गरिएको छ ।

banner ad
advertise
Add
advertise

साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकै बाट कन्चटमा गोली हानेको बताएको छ । मुलुकमा दिन प्रतिदिन हिन्दू आस्था माथि खेलवाड़का घटना बढ्दै गएको परिषदले महशुस गरेको उल्लेख गरेको छ ।

सो ज्ञापनपत्र बुझाउने क्रममा बिश्व हिन्दु परिषद रौतहटको युवा संयोजक नन्द भुषण श्रिबास्तब, परिषदको रौतहट संचार प्रमुख राकेश यादव र संचारकर्मी चंचल झा लगायतको उपस्थिति रहेको थियो।

कहिले मठ-मन्दिर माथि आक्रमण, कहिले पूजापाठ हुने ठाउँमा गैर हिन्दूहरुको अनावश्यक चलखेल,सरकारी एवं गैर सरकारी निकायको मिलिमतोमा धर्म परिवर्तन र राजनीतिक दलका नेताहरुको हिन्दू बिरोधी अभिब्यक्ति सनातन धर्म माथि बारम्बार प्रहार हुनु आफैमा चिन्ताजनक रहेको विश्व हिन्दु परिषद्ले बताएको छ ।

पुजारी हत्या भएको सन्दर्भमा देशका विभिन्न हिन्दूवादी संघ-संस्थाहरुले आक्रोस व्यक्त गरेका छन्