कोरोना : नेपालमा गएको २४ घण्टामा ६ सय ३४ जना संक्रमित, बालिकासहित ९ जनाको मृत्यु

everest kitchen
तस्बिर : राेर्यटस

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ६ सय ३४ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शनिबार थप ६ सय ३४ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १२ हजार ६२१ रहेको छ ।

banner ad
advertise
Add
advertise

यस्तै शनिबार १३६ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १८ हजार ३५० जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म १४६ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । शनिबार थप ६ वर्षीया १ बालिकासहित ९ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।