अज्ञात व्यक्तिले फ्याकेको झोलामा स्रोत नखुलेको १६ लाख रुपैया फेला

everest kitchen

वीरगन्ज । बारामा स्रोत नखुलेको १६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । महागढीमाई नगरपालिका वडा नं. ७ बेनौलीमा चेकजाँचका क्रममा प्रहरीले उक्त रकम बरामद गरेको हो ।

शनिबार बिहान ८ बजे तीर स्थानीय प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी टोलीले चेकिङ गरिरहेको थियो । सोही क्रममा पश्चिम बेनौली चोक तर्फबाट आएको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा चालकले बोकेको रातो पहेलो रंगको झोला फाली फरार भएको बताएको छ ।

झोलामा १ हजार दरका ७ सय ६२ थान र ५ सय दरका १ हजार ६ सय ७६ थान गरी जम्मा १६ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

रकमसहितको झोला फालेर भाग्ने मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।