सर्पको टोकाइबाट महोत्तरीमा एकजनाको मृत्यु

everest kitchen
फोटो फाइल

महोत्तरी । महोत्तरीमा एक ५० वर्षीय व्यक्तिको सर्पको टोकाइबाट मृत्यु भएको छ । बर्दिबास नगरपालिका–९ का फौदार महतोको मृत्यु भएको हो ।

महतोलाई आइतबार बिहान आफ्नै घरमै रहेको पसलमा फ्रिजमुनि सफा गर्ने क्रममा गोमनले हात्केलामा टोकेको थियोे । सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र बर्दिबास पुर्याइएको र त्यहाँ भर्ना लिन नमानेपछि सिरहको बन्दीपुरमा रहेको सर्पदंश उपचार केन्द्र पुर्याइएको र उनको त्यहीं उपचारको क्रममा मृत्यु भएको स्थानीयले जानकारी दिए ।

banner ad
advertise
Add
advertise

बर्षा याममा तराईका स्थानहरुमा बिषालु सर्पहरुको बिगबिगीसंगै सर्पको टोकाइबाट मृत्यु हुने घटना हुने गर्छन् । दक्ष जनशक्ति र सर्पदंस उपचारको लागि प्रशस्त उपचार स्थान नहुदा बर्षेणी थुप्रैले ज्यान गुमाउनु परेको स्थानीयको गुनासो रहेको छ ।