एनआरएन मलेसिया विवाद : वरिष्ठ उपाध्यक्ष आलेद्धारा विवाद मिलाउन आग्रह

everest kitchen

मलेसिया । अध्यक्षले बिभिन्न झुटो आरोपमा आफु बिरुद्ध प्रहरीमा उजुरी गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सम्पर्क बिहिन भएका एनआरएन मलेसियाका बरिस्ठ उपाध्यक्ष सुन्दर आलेले विवाद मिलाउन आग्रह गरेका छन् ।

आलेले आइतबार एक विज्ञप्ति जारी गर्दै आफु अहिलेसम्म सुरक्षित र सकुशल रहेको जानकारी दिदै संस्थाभित्रको समस्या संस्थाभित्रै छलफल गरेर समाधान गर्न माग गरेका हुन ।

banner ad
advertise
Add
advertise

आलेले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन् ,”एक अनलाइन न्युज पोर्टलमा यसअघि “एनआरएन मलेशियाका अध्यक्ष र कोषाध्यक्षले श्रमिक कोषको पैसा मिटर ब्याजमा लगाएको आरोप !” शीर्षकमा समाचार प्रकासित भएको पाइएपछि मैले यसअघि भनेजस्तै आफु उक्त समाचारमा संलग्न नभएको स्पष्ट पार्दै मबाट संस्थालाई आँच आउने काम नभएको फेरि पनि जानकारी गराउँदछु । यस सम्बन्धमा कुनै पनि सञ्चारमाध्यमसँग औपचारिक रूपमा मैले कुनै कुरा नगरेको समेत स्पष्ट पार्न चाहन्छु ।

साथै उक्त समाचारको बिषयलाई लिएर अध्यक्ष हरिप्रसाद भट्टराईले मविरुद्ध स्थानीय प्रहरी चौकीमा उजुरी दिनुभएको थाहा पाएको छु । यसर्थ, संस्थाभित्रको समस्या संस्थाभित्रै छलफल गरेर सुल्झाउनका लागि मार्ग प्रशस्त गर्न एवं सफल नेतृत्वको भूमिका खेलेर हामी दुवै आवद्ध संस्थाको गरिमा जोगाउन उक्त उजुरी फिर्ता लिनुहुन विनम्र अनुरोध गर्दछु । किनकी, हाम्रा समस्या र असमझदारी सुल्झाउन हामी आफैं सक्षम छौं, विज्ञप्तिमा आलेले उल्लेख गरेका छन ।

यधपी यस विषयमा एनआरएन मलेसियाले कुनै पनि धारणा सार्वजनिक गरेको छैन भने अध्यक्ष लगायतका पदाधिकारी पनि बोलेका छैनन् ।

मलेसियामा करिब २ दशक लामो समय रहेका आलेले बिभिन्न संस्था स्थानपना गरेका थिए । मलेसियामा एनआरएन स्थापना कालदेखि नै संस्थामा सक्रिय रहेका आले गत बर्ष उक्त संस्थाको अध्यक्षको लागि प्रमुख दाबेदार थिए । पछि आलेलाई वरिष्ठ उपाध्यक्षमा राखेर भट्टराईलाई अध्यक्ष बनाईएको थियो ।

आलेद्धारा सार्वजनिक गरिएको विज्ञप्ति: