कुटपिट गरी १ लाख नगद लुटपाट

बारा । बिश्रामपुर गाउँपालिका-२ स्थित बंग्री खोला पुलबाट फेटा गाउँपालिका-१ रजवटिया बस्ने २० वर्षीय रुपेश यादवको १ लाख रुपैयाँ नगद शनिबार दिउँसो लुटपाट भएको छ ।

यादवले भैंसी किन्न भनी उक्त नगद लिई हिँडेकोमा फेटा गाउँपालिका-२ कान्तिपुर बरैनिँया बस्ने २१ वर्षीय मनोज यादव समेत ५ जनाले कुटपिट गरी घाइते बनाई उनको रकम लुटेर फरार भएका हुन् । कुटपिटबाट घाइते भएका यादवको नेशनल मेडिकल कलेज बीरगंजमा उपचार भइरहेको छ ।

banner ad
advertise
Add
advertise

घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरिले जनाएको छ ।