कोरोना : नेपालमा गएको २४ घण्टामा ८ सय १८ जना संक्रमित थपिए


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय १८ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आइतबार थप ८ सय १८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १३ हजार १५५ रहेको छ ।

banner ad
advertise
Add
advertise

यस्तै आइतबार २८१ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १८ हजार ६३१ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म १४९ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । आइतबार थप ३ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।