हातहतियार खरखजना तथा लागूऔषध कारोबारका मुख्य नाइके प्रदिप यादव पक्राउ

everest kitchen


मोरङ । हातहतियार खरखजना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी भारत बिहार बस्ने ३९ वर्षीय बग्गा भन्ने प्रदिप यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाईट्रोसन र ५१ चक्की नाईट्राभेट सहित यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

banner ad
advertise
Add
advertise

यादव भारतमा बसी नेपालको १ नम्बर र २ नम्बर प्रदेशका जिल्लाहरुमा अवैध रुपमा हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गरी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाईके रहेको खुल्न आएको छ ।
यादवले २०७५ मंसिर ३ गते उदयपुर उदयपुरगढी गाँउपालिका-१९ का मन्दिप तामाङलाई मेड ईन युएसए लेखेको अटोमेटिक पेस्तोल र ४ थान उक्त पेस्तोलको गोली सुनसरी ईटहरी उपमहानगरपालिका-१२ खनार बस्ने ३५ वर्षीय शुशिल कुमार साहुलाई दिन भनी भारतबाट अवैध हातहतियार नेपालतर्फ पठाएका थिए ।

सो क्रममा मन्दिप र शुशिललाई विराटनगर महानगरपालिका-१६ स्थित विराटनगर हुलास मेटल चोकबाट प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजना मुद्दा चलाएको र उक्त हातहतियार नेपालतर्फ पठाउने गिरोहका मुख्य नाईके यादव रहेको खुल्न आएको थियो ।

यसैगरी २०७५ मंसिर ८ गते उनले विराटनगर महानगरपालिका-१६ बस्ने २२ वर्षीय बिध्यानन्द मण्डल र २० वर्षीय अनुप गिरीलाई ३ सय ८० एम्पुल विभिन्न नियन्त्रित लागूऔषध, १ सय ५ ग्राम १ सय १० मिलीग्राम ब्राउन सुगर शरीरमा टेपले बाँधी, कटुवा पेस्तोल र २ राउण्ड गोली समेत विराटनगरस्थित बसपार्कमा सुनसरी धरान उपमहानगरपालिका घर भई ललितपुर ललितपुर महानगउरपालिका-४ एकान्तकुनामा डेरा गरी बस्ने ४१ वर्षीय रुपम राईले पाउने गरी दिई पठाएका थिए।

सो घटनामा संलग्न ३ जनालाई प्रहरीले विराटनगर महानगरपालिका-११ बसपार्कबाट पक्राउ गरी लागूऔषध तथा हातहतियार खरखजना मुद्दा चलाएकोमा सो हातहतियार र लागूऔषध नेपालतर्फ पठाउने गिरोहको मुख्य नाईके समेत यादव रहेको खुल्न आएको थियो ।

(नेपाल प्रहरी )