ललितपुरमा बालबालिकालाई झाडीमा लिएर बलात्कार गर्ने एकजना पक्राउ

everest kitchen
साङ्केतिक तस्बिर

ललितपुर । ललितपुरमा एक बालिकालाई झाडी लिएर बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका-२८ हरिसिद्दि बस्ने कन्चनपुर भिमदत्त नगरपालिका-१४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्र सिंह भण्डारीलाई १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

banner ad
advertise
Add
advertise

लोकेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित चाईनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबरजस्ती करणी गरेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।