लघुकथा :-परिणाम
बलराम पाण्डेय
`१० हजारमा केस सल्टाए´-वकिलकाे हाँसाे गुञ्जियाे । न्यायाधीश म मस्किदै भनेँ,-`आजकाे खर्च पुग्छ ।´
पार्टीमा गितले गुञ्जिदै थियो ।
`गरीब र´छ निर्दाेष बिचराे परिवन्धले आराेप लागेछ, अनि सल्टाए ।´ वकिलले लरवरिदै जवाफ फर्कायाेँ,`दाईजो नपा´काे झाेकमा बुहारी हत्या र कानुन मन्त्रीकाे छाेराकाे बलत्कार केस ।´
लरखरिदै लडेको वकिल उठदैँ, `अनि झर्छ ५०/६० लाख´
वकिलको गरीबी शब्दले म व्युतिएँ ।
फाेहाेरसंग पेट साटने म । सडकपेटिमा रात काटने म, शहर सफा गरेर टिपेका फाेहाेर बेचेर भाेक हटाउथेँ ।
अचानक धनगढी अनाथ रहित बनाउने अभियानकाे शिकार भएँ । मलाई अनाथालय पठाईयाे । सायद सानाे हुनाले स्कुले जीवन पाएँ ।
विद्यालयमा उत्कृष्ट हुने मलाई कानुनी सेवा प्रवेशमा सजिलो भयाे । आज अभिकर्ता, अधिवक्ता हुदै न्यायधिस भएकाे ८ वर्ष भाे । यहाँसम्म पुग्दाँ सयौं केस जानजानी हारेँ र जितेँ पनि लाखौं कमाएँ तलब बाहेक ।
कानुन मन्त्रीकाे छाेराकाे बलत्कार केस सल्टाए भने, मनमै गमे, पैसा पनि पाेशिसन पनि । मन्त्रीकाे सर्वोच्चमा अस्थायी न्यायाधीश बनाउने आश्वासन छ । काठमाडौंमा घर र पद दुवै हुन्छ । लर्खरिदै फेरि वकिल ठाेकियाे । म झस्केँ ।
मैले कम पिएको हुदाँ घर पुगेँ ।
हप्ता दिनमा अस्थायी न्यायाधीश भई सर्वाेच्च पुगेँ । बुहारी हत्यामा मलाई काठमाडौंमा घर दाईँजो मिल्यो । बलत्कारबाट अस्थायी न्यायाधीश जन्म्याे ।
रमाइलो परिवार २ छाेरा श्रीमती र म । झण्डै ८ महिनापछि काठमाडौंका प्रहरी उपरीक्षक मेराे बेञ्चमा हस्याङफस्याङ गर्दै पुगेँ । उनी अक्क न वक्क रहे ।
उनको वाक्य २/३ मिनेटसम्म निस्केन ।
उ असिनपसिन हुदैँ बाेल्याे,`धेर्य राख्नुस् श्रीमान´ उसले अगाडि थप्याे, `श्रीमान दैवकाे लिला´
उसलाई झक्झकाउदै `के भाे स्पष्ट बुझ्ने गरी भन्नुस् ´
`हिजो राति कानुन मन्त्रीकाे छाेरी बलात्कृत…´ उ राेकियाे । मैले जिब्रो मिठाएँ अब फेेरि पैसा र पद आउने भाे भन्दै ।
आतिएकाे म अलि हसिल हुदैँ साेधेँ,` अनि के भाे ?´
उपरीक्षक कुरा घुमाउँदै भने, `श्रीमान बलत्कार गर्ने हजुरका २ छाेरा रहेछन ।´ डराउदै उसले थप्याे,` भाग्ने क्रममा त्रिशूलीमा वाईक खसेर भेटिएको छैन ।´
म अत्तालिएँ । `श्रीमान समाल्नुहोस् आफुलाई´ उसले थप्याे, `यहि खबरले मेमलाई हृदयघात भई जानुभाे ।´
म भुईमा बजारिएँ ।
२०७७/५/६
हाल नारायणगढ