“बायर्न म्युनिख”ले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जित्यो

everest kitchen


काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो ।

वायर्नको जितमा किङ्गस्ले कोम्यानले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ५९ मिनेटमा हेडमार्फत गोल गरेका थिए। जोसुआ किमिचले उपलब्ध गराएको पासमा कोम्यानले गोल गरेका थिए।

banner ad
advertise
Add
advertise

आफ्नै देशको क्लबलाई हराउन गोल गरेका २४ वर्षीय कोमनले करियरको २०औं उपाधि जितेका छन् । पहिलो पटक फाइनल पुगेर इतिहास बनाएको पिएसजीले पहिलो उपाधि जित्ने मौका गुमायो।

वायर्नले क्वार्टरफाइनलमा स्पेनिस महारथी बार्सिलोनाविरुद्ध हात पारेको ८-२ को जित चर्चित रह्यो। समूह चरणको दुई लेगमा वार्यनले इंग्लिस क्लब टोटनह्यामविरुद्ध १० गोल र अन्तिम १६ को दुई लेगमा अर्को इंग्लिस क्लब चेल्सीविरुद्ध ७ गोल गरेको थियो।

वायर्न च्याम्पियन्स लिगको सबै खेले जितेर उपाधि जित्ने पहिलो टिम बन्यो। हालसम्म वायर्नले ६ पटक उपाधि जितेसंगै तेस्रो स्थानमा उक्लिएको छ भने रियल म्याड्रिडले सर्वाधिक १३ पटक जितेर पहिलो र एसी मिलान ७ पटक जितेर दोस्रो स्थानमा छ।