पश्चिम रुकुमका केहि स्थानमा आजदेखि निषेधाज्ञा जारी

everest kitchen

काठमाडौं । कोरोना प्रकोप बढेपछि पश्चिम रुकुमका केहि स्थानमा जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुमले निषेधाज्ञा जारी गरेको छ ।

आज सोमबार भदौ ८ गतेदेखि लागु हुनेगरी भदौ १४ गते आइतबारसम्म प्रशासनले निषेधाज्ञा जारि गरेको हो । जिल्लाका मुसिकोट नगरपालिका अन्तर्गतका सम्पूर्ण क्षेत्रहरु , सानीभेरी गाउँपालिका अन्तर्गतका सम्पुर्ण क्षेत्रहरु र आठविसकोट नगरपालिका क्षेत्रका वडा नं ९ , ११ र १२ का सम्पूर्ण क्षेत्रहरुमा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

banner ad
advertise
Add
advertise

 

निषेधाज्ञामा बिहान ६ बजेदेखि ९ बजेसम्म तरकारी तथा खाध्यान्न पसल खुला गर्न मिल्नेछ भने अत्यावश्यक सेवा अन्तर्गतका सेवाहरु भने सञ्चालनमा रहने प्रशासनले उल्लेख गरेको छ ।