भक्तपुरमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

everest kitchen


भक्तपुर । भक्तपुरमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बुटवलका ५४ वर्षीय मिर्गौला पीडित पुरुषको मृत्यु भएको हो ।

भक्तपुर स्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र उपचाररत बुटवल उपमहानगरपालिका–११ महादेव पथका ती पुरुषको आइतबार दिउँसो मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

banner ad
advertise
Add
advertise

आइतबार बिहान उनलाई डायलाइसिस गर्न
अस्पताल ल्याएको उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले बताएको छ ।

भक्तपुर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरेको छ ।