बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

everest kitchen

झापा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बाह्रदर्शी गाउँपालिका-३ बस्ने नरप्रसाद पनेरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ माघ २१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ३ लाख ३९ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले निजकै घरबाट फेला पारी पक्राउ गरेको हो ।

पनेरुलाई कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।