चार्टर उडान पुन: सुचारु : मलेसियाबाट पनि अगष्ट २८ र ३० तारिख उडान मिति तय

everest kitchen

काठमाडौं । विदेशमा अलपत्र नेपालीको लागि गरिदै आएको चार्टर उडान पुनः सुचारु हुने भएको छ । सरकारले होटल क्वारेन्टाइनको तयारी गरेसंगै उडान सुचारु हुने भएको हो ।

अलपत्र नेपालीको लागि भनेर यसअघि खुल्ला गरिएको चार्टर उडान कोरोना प्रकोप बढेसंगै केहि समयको लागि स्थगित भएको थियो । चार्टर्ड उडान सुचारु हुने भएसंगै विदेशबाट स्वदेश आउने विभिन्न देशको उडान तालिका पनि तय भएको छ ।

banner ad
advertise
Add
advertise

त्यस्तै क्वालालम्पूरबाट काठमाण्डौको लागि तय भएका चार्टर्ड उडानहरु पुनः सुचारु हुने नेपाली राजदूतवास मलेसियाले जनाएको छ । दुतावासका अनुसार आगामी अगष्ट २८ र ३०” गते गरि पाँच वटा उडान तय एका छन् । जस अनुसार १८ र ३० तारिखमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको उडान हुनेछ भने ३० तारिख थप एक मालिण्डो एयरलाइन्सले पनि उडान भर्नेछ ।

यसअघि उडान मिति तय भएर टिकेट लिईसकेका यात्रुहरुले सम्बन्धित एयरलाइन्स र एजेन्टमा सम्पर्क गरेर यात्रा मिति तय गर्न पाउनेछन् । मलेसियाबाट यसअघि अगष्ट १९, २० र २१ तारिखको उडान रद्द भएको थियो ।

यस्तै दुतावासको एक सुचना अनुसार कोभिड१९ को पिसिआर नेगेटिभ रिपोर्ट भएका व्याक्तिहरुले मात्र यात्रा गर्न पाउनेछन् । कोभिड१९ को पिसिआर परीक्षण बाहेक अन्य परीक्षणहरु मान्य हुनेछैन । पिसिआर रिपोर्ट नेपाल पुग्ने दिन सम्ममा सात दिन भित्रको हुनु पर्नेछ । यसअघि पिसिआर परीक्षण गरिसकेका र नेपाल पुग्ने दिनसम्ममा ७ दिनको अवधि काट्ने भएका व्यक्तिहरुले पुन पिसिआर परीक्षण गर्नुपर्ने दुतावासले उल्लेख गरेको छ ।