विदेशमा पीसीआर गरेर आउने नेपालीले होटल क्वारेन्टाइन बस्न नपर्ने

everest kitchen


काठमाडौँ । विदेशबाट पीसीआर गरेर आउने नेपालीले होटल क्वारेन्टाइन बस्नु नपर्ने भएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने बताएका हुन ।

विदेशबाट आउने नागरिकहरुको  पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाण देखाएमा पहिले जस्तै सोझै होम क्वारेन्टाइनमा बस्ने गरि सर्तसहित घर जान पाउने मन्त्री भट्टराईले स्पष्ट पारेका छन् । उनका अनुसार पीसीआर गरेका यात्रुहरुले नेपालको ठेगाना स्पष्ट लेखेर सरकारले वेबसाइटमा राखेको फर्म भर्नुपर्छ ।

banner ad
advertise
Add
advertise

सरकारकल् तोकेको मापदण्ड पुरा गरेका यात्रुहरुले नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टाइननमा बस्ने प्रतिबद्धतासहित घर जान दिइन्छ उनले भने  ।

यधपी पीसीआर नगरेर आरडीटी टेस्ट गरेर स्वदेश आउनेहरु भने अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने बताएको छ ।

सरकारले विदेशबाट आउने यात्रुहरुले अनिवार्य ७ दिनसम्म शुल्क तिरेर होटल क्वारेन्टाइनमा बस्नुपर्ने  निर्णय गरेपछि सरकारको आलोचना हुदै आएको थियो ।

यो पनि पढ्नुहोस :

चार्टर उडान पुन: सुचारु : मलेसियाबाट पनि अगष्ट २८ र ३० तारिख उडान मिति तय