अस्लिल भिडियोमा देखिने युवती कलाकार लिम्बू होइनिन् : चलचित्रकर्मी संघ

everest kitchen


काठमाडौ । केहि समय अगाडी  भाईरल भएको अश्लील भिडियोमा नायिका तथा मोडल रेखा लिम्बुको नाम जोडिएर  सोसियल मिडियामा प्रचार प्रसार गरिएको कुरा प्रती हामी प्रदेश न १ का चलचित्रकर्मीहरु को गम्भीर ध्यान आकर्षण भएको जनाएको छ ।

प्रदेश १ चलचित्रकर्मी संघ लगायतले संस्था एक विज्ञप्ति जारी गर्दै उक्त अश्लील भिडियोमा देखिने युवती लिम्बु नभएको स्पष्ट पारेको छ । ईलाका प्रहरी कार्यलय धरानमा साईबर कानुन अन्तर्गत उजुरी  पनि गरि सकेको र ईप्रका धरान बाट यस्तो कार्य गर्ने अपराधी लाई छिटोभन्दा छिटो पत्ता लगाई साईबर कानुन अंतरगत कारबाही गरिने  जानकारी आएको संघले उल्लेख गरेको छ ।

banner ad
advertise
Add
advertise

त्यस्तै स्वयं नायिका लिम्बूले उक्त भिडियोमा नाम जोडिएकोमा आफू  नरहेको स्पष्ट पारेकी छिन् । हुँदै नभएको कुरामा मलाई स्पष्टीकरण दिई राख्नुपर्ने आवश्यकता त थिएन तर पनि बारम्बार मलाई यहि कुरामा मेरो आफ्नो नाम जोडेर मानसिक तनाव दिने कार्य अहिलेसम्म पनि बन्द नभएको कारणले गर्दा मैले आफ्नो धारणा पेश गरेकी हुँ उनले भनिन्  ।

उनकाअनुसार चिनिया, कोरियन, थाइल्याण्डका युवतीहरूसँग नेपाली मंगोलियन युवतीहरूको अनुहार मिल्ने भएकोले आफूजस्तै देखिने कुनै युवतीको भिडियोलाइ लियर नियोजित रुपमा आफ्नो चरित्र हत्या गरेको उनले बताईन ।