लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ

everest kitchen
फोटो : बांके प्रहरी

काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-१३ उधौपुरुवा बस्ने २२ वर्षीय ओम प्रकाश सिंहलाई २० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित किसान इँट्टाभट्टामा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनले प्रयोग गरेको १ थान साईकल सहित पक्राउ गरेको हो ।

banner ad
advertise
Add
advertise

दाङ, लमही नगरपालिका-२ श्रीगाउँबाट ३९ ग्राम लागूऔषध ब्राउन सुगरसहित कपिलबस्तु शिवराज नगरपालिका-२ बस्ने ४० वर्षीय शालिक राम सारु मगर सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।                                                                      सोही ठाउँस्थित ड्रिमल्याण्ड होटलमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साथमा उक्त लागूऔषध फेला पारी उनले प्रयोग गर्ने गरेको बा.१२ च २११६ नम्बरको गाडी सहित उनीहरुलाई पक्राउ गरेको हो ।

महोत्तरी, मनरा सिस्वा नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध २ सय १ बोतल कोरेक्स र ६ सय ट्याब्लेट नाईट्रोभेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ज.७ प. ४३५६ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ सम्सी पोखरभिण्डा बस्ने ३० वर्षीय अनिल महतो र उनकै भाइ २६ वर्षीय अजय कुमार महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मनराकट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

ईलाम, माङसेबुङ गाउँपालिका-५ बस्ने १९ वर्षीय प्रेम राई र सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई २ केजी अवैध लागूऔषध गाँजा सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पेल्टिमारी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले चुलाचुली गाउँपालिका-५ स्थित झापा र ईलामको सिमानामा जाँच गर्ने क्रममा उनीहरुले बोकेको झोलामा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

मोरङ, केराबारी गाउँपालिका-५ बस्ने २२ को रुपेश राई लगायत ३ जनालाई नियन्त्रित लागूऔषध ९५ एम्पुल डाईजेल्याब, ९४ एम्पुल एभिल र ९७ एम्पुल लुपिजेसिक सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-६ स्थित मुगु खोलाको पुलमा खटिएको ईलाका प्रहरी कार्यालय केराबारी र सशस्त्र प्रहरी बेस क्याम्प सलकपुरबाट खटिएको संयुक्त प्रहरीले को.१० प ७६९३ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला पारी उनीहरु तीनै जनालाई मोटरसाइकल सहित पक्राउ गरेको हो ।