अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित महिला प्रहरी नियन्त्रणमा

everest kitchen
प्रहरीले बरामद गरेको जडिबुटी । फोटो : डिपीओ लम्जुङ

लमजुङ । अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित बेसिशहर नगरपालिका-७ बस्ने ३८ वर्षीया सिद्धि माया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङको घरमा अवैध रूपमा जंगली जडिबुटी संकलन गरी लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा अवैध जडिबुटी ४ सय ७६.१ केजी डालिङ, १ सय ५४ केजी वन लसुन, २४.६ केजी कुड्की, १४.९ केजी जटामसी, १८.३ केजी सुगन्धवाल, ४.४ केजी सतुवा र २.८ केजी वन आलु फेला पारी बरामद गरेको छ ।

banner ad
advertise
Add
advertise

तामाङलाई बरामद जडिबुटी सहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।