भक्तपुर र सुनसरीमा जबरजस्ती करणीको घटना: आरोपित पक्राउ

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । भक्तपुर, सूर्यविनायक नगरपालिका ताथलीस्थित लजमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-११ बस्ने ४३ वर्षीय कुमार प्रसाद धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

असार २२ गते दिउँसो ती महिलालाई जबरजस्ती करणी गरी फरार भएका धिमाल सोमबार दिउँसो आँफै महानगरीय प्रहरी परिसर भक्तपुरको सम्पर्कमा आएपछि उनलाई नियन्त्रणमा लिएको हो ।

Add
advertise

त्ययस्तै सुनसरीको  रामधुनी नगरपालिका-५ झुम्का बस्ने भोक्राहा नरसिँह गाउपालिका-४ घर भएका ४६ वर्षीय मोहमद ईर्साद आलमलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार प्रहरीले पक्राउ गरेको छ ।

मोहमदले गत साउन २६ गते दिउँसो मोरङ घर भएकी ती किशोरीलाई ललाई फकाई धरान उपमहानगरपालिका-१८ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालयत पकलीसँग समन्वय गरी उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।