भन्सार छली ल्याएका २ सय ७८ थान ब्याट्री

everest kitchen
फाइल फोटो

कैलाली । धनगढी उपमहानगरपालिका-१ पशुपति टोल बस्ने ३३ वर्षीय साने आलमलाई भन्सार छली ल्याएको करिब ३३ हजार ३ सय ६० रुपैयाँ बराबरको २ सय ७८ थान मोबाइलका ब्याट्री सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Add
advertise

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आलमको सोही ठाउँस्थित मोबाइल ग्यालरीमा अवैध रुपमा भारतबाट भन्सार चोरी पैठारी गरी ल्याएका उक्त ब्याट्रीहरु फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।