रुकुमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको आरोप

everest kitchen


काठमाडौं । रुकुम पश्चिमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समिति सदस्य पहलसिङ घर्तीले आरोप लगाएका छन् ।

संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुमका अध्यक्ष समेत रहेका घर्तीले फेसबुकमा लामो स्टाटस लेख्दै रुकुम पश्चिमकै सानीभेरि गाउँपालिकाका र हाल सोहि जिल्लाको त्रिवेणी गाउँपालिकाको प्रशासकीय अधिकृतको रुपमा रहेका दिपेन्द्र रावलले ३५ प्रतिशत कमिसन मागेको बताएका छन् । घर्तीका अनुसार दुईवर्ष अघि सानीभेरि गाउँपालिकामा अधिकृतका रुपमा रहेका रावलले ३५ प्रतिशत कमिसन नदिएपछि फाइलमा हस्ताक्षर नगरेको बताएका छन् ।

Add
advertise

एक पर्यटन प्रबर्द्धन सम्बन्धि कार्यक्रमको कुल १२ लाखको बजेटमा ३५ प्रतिशत कमिसन मागेको र आफुहरुले उक्त कमिसन नदिएपछि बजेट कटौती गरेर कार्यक्रमलाई घाटा पुर्याएको बताएका छन् । घर्तीका अनुसार उक्त कार्य प्रति गाउँ कार्यपालिकाको बैठकमा कुरा राखेको र कार्यपालिकाले स्पष्टीकरण समेत लिएको थियो । पछि उनी त्यहाँबाट सरुवा भएर त्रिवेणी गाउँपालिका प्रशासकीय अधिकृतको रुपमा आएका थिए ।

दुई वर्षअघिको कुरा अहिले किन लेखेको ? भन्ने प्रश्नमा घर्तीले भने ” कुरा कति वर्षको भन्दा पनि सत्य कहिलै हराउदैन । सबैको सुधार र सचेतताको लागि लेखेको हुँ । गलत प्रबृत्ति बारे जहिले पनि बोल्न मिल्छ । प्रमाण छ । ”

यधपी यस बिषयमा अधिकृत रावलसंग बुझ्दा उक्त आरोप मिथ्या आरोप भएको बताए । उनले भने ” साहेद म त्यहाँ निमित्त हुदाको घटना होला” । तर मबाट त्यस्तो कमिसन माग्ने कुनै कार्य नभएको जिकिर गरे ।

अधिकृत रावल हाल जिल्लाको त्रिवेणी गाउँपालिकामा प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहेका छन । हाल उनी कार्यरत गाउँपालिकाका लेखापाल हेमन्त केसीले करिब २५ लाख बराबरको गाउँपालिकाको रकम अनधिकृत रुपमा श्रीमती र भतिजोको खातामा राखेपछि उक्त विषयमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अनुसन्धान गरिएको बताएको छ ।