दुख र प्रतिफल : लवी क्षत्री

लघुकथा : दुख र प्रतिफल

लवी क्षत्री

धेरै समय पनि बितेको होइन । सात वर्ष भयो होला , लाहुरे बाले घरमा दूध खान खाँचै भयो भनेर एउटा भैसीँ ल्याउने विचार गर्नु भयो । ५ जना ससाना भन्ट्याङ भुन्टुङ साइजका नाति नातिनीहरु , लाहुरे बालाई संतानको माया लागेरै जेठो छोरोसंग सल्लाह गर्नु भयो , के भन्छस् हाउ , जेठा ? क्या नाम , ल्याऊने हो त ? स्याहार गर्छस् नि ? ठूल्दाइ दंगै परे, बाको कुरा सुनेर ! नबोली टाउको हल्लाएर मौन `हस् ´भने ।

भोलिपल्टै भैसीँ किन्न गए , बा र दाइ ! भनेबमोजिम मोलमोलाइ भयो । भैँसी त किने तर बाटोमा दुख भने दियो, माने पो , हिड्न फिट्टिक्कै? बुरूक्क उफ्रियो । ड्वा…… गरेर कुलेलम ठोक्थ्यो, पुरानो घर तिर ! खोरामुखबाट लाहाचोक ल्याउनु पर्ने भैसीँ , उतै पुग्थ्यो । ४/५ किलोमिटर दौडेर त्यो उतै पुग्थ्यो ।ठूल्दाइ फुटबलका अब्बल खेलाडि थिए ।।। उमेर 50 पुग्न लाउदा नि जोस भने 20-22 को ,खेल मैदानमा दुगुर्न सिपालु ठुल दाइ यसपाली खोलाको बगर बगर दुगुर्न भ्याये र यस नाथेलाई भन्दै पकडन दौडिए । एक पटक, दुई पटक त ठुल्दाइले फुर्ति देखाए तर ८ पटकसम्म भैसीँले माइति नै दौडिन छाडेन । अब रिसले पारो तात्यो र ठुल दाइले दिनमै तारा पनि देख्न थाले । रिसको अावेशमा २/४ कोर्रा बर्साए लौरो नि भाच्यो । दुगुर्दै २ लात्तो हानेर छेक्ने कोसिस पनि गर्न पछि परेनन् । भैसीँको भन्दा हालत खराब ठुल्दाइको भयो। रिस र फुर्तिले काम चलेन उनैसंग साथ गएका एक बुजुर्गले अाखिर माया गरेर , सुम्सम्याएर घरमा भैंसी बाध्न सफल भए । दानापानी गरेपछि बल्ल भैसीले दुध दियो । दुध खान पाएर सबै खुसी भए ।लाहुरे बाको अनुहार झनै उज्यालो भयो।अाज त्यही भैसीँ सातौँ पटक प्रसुतिको वेदना खेपिरहेको छ ।।। चिटिक्क परेकी काली पाडी पाएर सुस्त छ । भैसीँ र ठुल्दाइको अवस्था देखेर अाज मलाई लाग्यो , “ उमेर नै बलवान् हुँदो रैछ ।।। ´´